नियम
पूर्व स्वीकृति लिनु पर्ने

(१) क्यासिनो सञ्चालन गर्न चाहने व्यक्तिले नियम ४ बमोजिम कम्पनीे संंस्थापना गर्नु अघि देहायका कागजात संलग्न गरी पूर्व स्वीकृतिको लागि मन्त्रालय समक्ष निवेदन दिनु पर्नेछ ः-
(क) अनुसूची–१ बमोजिमको ढा“चाको आर्थिक तथा प्राविधिक प्रस्ताव,
(ख) कम्तीमा पा“चतारे होटल वा सो सरहको डिलक्स रिर्सोटको सञ्चालकले आफ्नो परिसरमा क्यासिनो सञ्चालन गर्न दिएको
लिखित सहमति, तर आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा कम्तीमा चार तारे होटल सञ्चालकको लिखित सहमति,
(ग) कम्पनीको प्रस्तावित प्रबन्धपत्र र नियमावली ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएको निवेदन साथ संलग्न कागजात जा“चबुझ गर्न र प्रस्तावित क्यासिनो स्थलको स्थलगत निरीक्षण गर्नको लागि मन्त्रालयले सम्बन्धित विज्ञहरु रहेको एक समिति गठन गर्नेछ ।
(३) उपनियम (२) बमोजिमको समितिले निवेदन साथ संलग्न कागजातको जा“चबुझ र प्रस्तावित क्यासिनोको स्थलगत निरीक्षण समेत गरी आफ्नो राय सहितको प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम समितिबाट प्राप्त भएको प्रतिवेदन जा“चबुझ गर्दा निवेदकलाई क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा पूर्व स्वीकृति दिन उपयुक्त देखेमा मन्त्रालयले आवश्यक शर्त तोकी प्रतिवेदन प्राप्त भएको मितिले एक्काईस दिनभित्र
पूर्व स्वीकृति दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम प्रतिवेदन जा“चबुझ गर्दा क्यासिनो सञ्चालन गर्ने सम्बन्धमा पूर्व स्वीकृति दिन नमिल्ने देखिएमा मन्त्रालयले पन्ध्र दिनभित्र सो कुराको जानकारी निवेदकलाई दिनु पर्नेछ ।